अपराध सुरक्षा

छिमेकीले सहयोग छ भन्दै बोलाएर जबरजस्ती गरेपछि....

छिमेकीले सहयोग छ भन्दै बोलाएर जबरजस्ती गरेपछि....

माघ २३ । भूकम्पले घर भत्किएपछि हामी नजीकै टहरो बनाएर बस्यौं । परिवारमा आमा–बुबा, दाजु भाउजु र म समेत ६ जना थियौं ।

त्यस दिन घरमा सबैजना खेतमा गएकाले टहरमा म एक्लै थिए । कुखुलाई चारो हाल्दै गर्दा उ आइपुग्यो र एकैछिन काम छ भन्दै आफ्नो टहरामा बोलायो । पहिलानैै चिनजान भएको आफू भन्दा धेरै जेठो छिमेकीले सहयोगका लागि बोलाएपछि मैले नराम्रो सोच्दै सोचिन । टहरा भित्र पुग्ने बित्तिकै उसले मलाई च्याप्पै अँठ्यायो र एउटा हातले मुख छोपिदियो । म बोल्नै नसक्ने भएँ । कसैलाई भने मार्ने धम्कीले म झनै डराएँ । घरमा एक्लै भएका बेला उसले मलाई यस्तो तीन पटक गर्यो । डरले मैले कसैलाई भन्न सकिन ।

गर्भ रहेपछि स्कुल जान सकिन । गाँउलेले मलाई बिग्रेकी भन्न थाले, परिवारले पनि बेइज्यती गरे । पछि बुबा आमा संगै गएर प्रहरी कार्यालयमा उजुरी गरे । सबै सहमति भएको हो भन्ने चारैतिर दबाब पर्यो । तर मैले बलात्कार नै हो भने ।

अब मलाई परिवार र समाजले स्विकार्न सक्दैन त्यसैले अब म गाँउ जान सक्दिँन । बच्चा पनि पाँच महिनाको भयो, यसलाई हर्काउन पढाउन कसरी सकुला र खैं ?

हिमालखबर

Mahila Hinsa

विशेष