अर्थ

एनटिसीका उपभोक्तालाई अफरै अफर फोरजीमा डाटा फ्री, फेसबुक प्याकदेखि रिचार्ज कार्डसम्म छुट

एनटिसीका उपभोक्तालाई अफरै अफर  फोरजीमा डाटा फ्री, फेसबुक प्याकदेखि रिचार्ज कार्डसम्म छुट

माघ २३ । नेपाल टेलिकमले वार्षिकोत्सवको अवसर पारेर ग्राहकलार्इ आकर्षक प्याकेज दिएको छ। टेलिकमको १३औं वार्षिकोत्सवका अवसर पारेर माघ २२ गतेदेखि फागुन ७ गतेसम्मका लागि प्याकेज ल्याएको हो। प्रिपेड फोरजी ग्राहकलाई ४ सय एमबी डाटा फ्री

माघ २२ गतेदेखि फागुन ७ गतेसम्म फोरजीका ग्राहकलाई प्रत्येक दिन एक सय एमबिका दरले ४ सय एमबी डाटा उपलब्ध गराउने छ। यो अफर फागुन ७ गतेसम्म सेवा सुचारु गर्नेले पाउने टेलिकमले जनाएको छ। २० रुपैयाँमा १०० एमबी फेसबुक प्याक

टेलिकमले नयाँ प्रयोगका रुपमा जिएसएम ग्राहकका लगि ुफेसबुक प्याकेजु ल्याएको छ। सय एमवीको यो प्याकेज २० रुपैयाँ तिरेर लिन सकिन्छ र यसको अवधि ५ दिनको रहनेछ। डाटा छुट

टेलिकमले नाइट डाटाप्याक अन्तर्गत राति १० बजे देखि बिहान ६ बजे सम्म ५०० एमबि डाटाका लागि ४० रुपैयाँमा तथा १२ सय एमबि डाटा ८५ रुपैयाँमा दिनेछ। डाटा प्याकेजको समयाअवधि क्रमश ७ दिन तथा १५ दिन रहने टेलिकमले जनाएको छ। जिएसएम डाटा अफर अन्तर्गत एकसय ३० रुपैयाँमा ७ दिन समय सहितको २ सय एमबी डाटामा २ सय एमबी नै बोनस र ३ सय रुपैयाँमा १५ दिनको समयसहितको ५ सय एमबी डाटामा ५ सय एमबी नै बोनस उपलब्ध गराउने टेलिकमले जनाएको छ। सिडिएमए डाटा अफर अन्तर्गत ७५ रुपैयाँमा ७ दिन समयको २०० एमबी डाटामा २ सय एमबी नै बोनस र १७५ रुपैयाँमा १५ दिन समयको ५ सय एमबी डाटामा ५ सय एमबी नै बोनस दिने जनाएको छ। एनटी प्रोका प्रयोगकर्ताले ३ रुपैयाँ प्रतिमिनेटमा कल गर्न पाउने टेलिकमले जनाएको छ। रिचार्जमा बोनस

टेलिकमले जिएसएम तथा सिडिएमए प्रिपेड सेवाग्राहीलाई रिचार्ज कार्डमा बोनस योजना ल्याएको छ। ५०, १०० सय र २०० सय रुपैयाँको रिचार्ज गर्नेले १० प्रतिशत बोनस पाउनेछन्। ५०० सय र १ हजार रुपैयाँको रिचार्ज गर्नेले १५ प्रतिशत बोनस रकम पाउनेछन्। टेलिकमको इजी कल टु इजी कल निस्शुल्क गराइएको छ। टेलिकमका पिएसटिएन, सिडिएमए र जिएसम नम्बरहरुमा समेत कल गर्न सक्ने व्यवस्था गरेको छ। टेलिकमले इन्टरनेटको मूल्यमा परिवर्तन गरेको छ। अनलिमिटेड एडिएसल प्याकेजमा हाल १९२ केबिपिएसको मूल्यमा २५६ केबिपिएस पाउने र ३८४ केबिपिएस पाइरहेकाले ५१२ पाउनेछन्। त्यस्तै ५१२ केविपिएस भएकाले हालकै मूल्यमा ७६८ केबिपिएस ब्यान्डविथको इन्टरनेट पाउने टेलिकमले जनाएको छ। ल्यान्डलाइन टेलिफोन सेवाका सेवाग्राहीहरुले २०७३ फागुन महिनाको मासिक रेन्टल चार्जमा मा थप २५ कल निस्शुल्क प्रदान गर्ने जनाइएको छ

NTC

विशेष