अर्थ

पञ्चेश्वर आयोजना : तेस्रो पुस्तासमेत कुर्दै

पञ्चेश्वर आयोजना : तेस्रो पुस्तासमेत कुर्दै

माघ २४ । बहुप्रतीक्षित पञ्चेश्वर आयोजनाको निर्माणस्थलमा कुनै काम सुरु भएको छैन । आयोजना निर्माणस्थलको आवासगृहमा ३ जना सुरक्षा गार्ड भेटिन्छन् । तर, उनीहरुको पनि अवकास भइसकेको छ ।

पञ्चेश्वर विकास प्राधिकरण गठन भएकाले आयोजनाबाट नियुक्ति पाएका उनीहरु अवकाशमा परेका हुन् । ‘अढाइ दशक कुरेको भवनलाई बेवारिसे कसरी छाड्ने ?’ गार्ड जनक साउदले भने, ‘प्राधिरणले व्यवस्था नगरुन्जेल कुरेर बस्छौं, कुनै निकास आउला ।’

तर स्थानीयलाई आयोजनाको काम अघि बढ्ला÷नबढ्ला अझै दोधार नै छ । ‘गत असारसम्म स्थानीयले केही न केही काम भएको देख्थे,’ साउदले भने, ‘कर्मचारी हटाएकाले आशंका उब्जाएको छ ।’

उनले ०४४ मा बैतडीको पञ्चेश्वर ७ रोलघाट नजिकै आयोजनाको आवास गृह तथा आयोजना कार्यालय खुलेको बताए । स्थानीयले जीर्ण बन्दै गएका आयोजनाको साइट कार्यालय, माटो परीक्षणका लागि नेपाल र भारत दुबैतर्फ बनाइएका ५० मिटर लामो सुरुङ, पानीको बहाव नाप्ने गेजरिडर र बर्खामा नदी वारपार गर्ने ट्रलीबाहेकका संरचना देख्न पाएका छैनन् ।

पञ्चेश्वर ७ की ६५ वर्षीय कलुदेवी साउदले तेस्रो पुस्ता आइपुग्दासमेत उनीहरुको सपना उस्तै रहेको बताइन् । ‘हामी सानै छँदा चर्चा सुनिन्थ्यो, छोरानातिले पनि पञ्चेश्वरको बिजुली देख्न नपाउने भए,’ साउदले भनिन् ।

कान्तिपुर

Pancheswor

विशेष