भ्याट काण्डका डन शेखर गोल्छालाई महासंघको अध्यक्ष बनाउने तयारी सुरु
माघ २४ । अबको ठीक दुई महिनामा २०७३ चैत २८ गते उद्योग वाणिज्य दिवसकै दिनबाट सुरु हुने नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभाले आगामी तीन वर्ष का लागि नयाँ नेतृत्व चयन गर्ने छ । विद्यमान संविधान, ऐन कानुनले गरेको खुला प्रतिस्पर्धा र चुनन्न र चुनिन पाउने हक विरुद्ध पशुपति मुरारका गुटले महासंघ संशोधन गरेर वर्तमान मनोनित वरिष्ठ उपाध्यक्ष नै स्वत अध्यक्ष हुने नयाँ व्यवस्थाका कारण भवानी राणा कुनै व्यवधान आइ नपरे सम्भवतः अध्यक्ष बन्ने छिन् ।
समान्य अवस्थामा महासंघको साधारणसभा सम्पन्न भएर नेतृत्व चयन गर्ने अवस्था आयो भने महासंघको कार्यकारिणी सदस्य, वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षहरुको निर्वाचनमा घात प्रतिघात अनि अन्तरघात हुने आशंका व्यक्त गरिँदैछ । वर्तमान अध्यक्ष पशुपति मुरारकालाई २०७३ अससारमा महासंघको निर्विरोध अध्यक्ष चयन गर्ने बेलामा भएको सहमति अनुशार भवानी राणालाई वरिष्ठ उपाध्यक्ष र राणापछि वरिष्ठ उपाध्यक्षमा महासंघको छैटौं वरियतामा रहेका शेखर गोल्छालाई वरिष्ठ उपाध्यक्ष बनाएर ७७–७९को अध्यक्षको नेतृत्वका लागि तयार गर्ने सहमति चण्डरीराज ढकाल, पशुपति मुरारका, रविक्ता श्रेष्ठबीच भएकोले हाल नेतृत्वका रहेका ३ र ४ वरियाताका किशोर प्रधान र दिनेश श्रेष्ठहरुको टीमले अलग्गै समूह बनाएर चण्डीराज ढकाल र पशुपति मुरारका विरुद्ध उम्मेदवार दिने तयारी गरेको थाहा भएको छ ।
स्रोतका अनुशार पशुपति मुरारको लक्ष्य भनेको भवानी राणापछि मारवाडी समुदायका शेखर गोल्छालाई महासंघको अध्यक्ष बनाउने रहेको छ । करोडौ नक्कली भ्याट काण्डमा परेका शेखर गोल्छालाई महासंघको वरिष्ठ उपाध्यक्ष र त्यसपछि अध्यक्ष बनाउने मौका दिएमा ६ वर्षपछि के हुने हो ठेगान छैन । –साँघु साप्ताहिकबाट