अपराध सुरक्षा

इटहरी हिडेकी युवती खोटाङमा मृत फेला

इटहरी हिडेकी युवती खोटाङमा मृत फेला

माघ २४ । भोजपुरकी युवती खोटाङको डम्बर्खुशिवालयमा विभत्स अवस्थामा मृत फेला परेकी छन् । भोजपुर नगरपालिका कोदारकी अन्दाजी २८ वर्षीया युवती सुमिना महत डम्बर्खुशिवालय–१ स्थित काभ्रेखोलामा मृत अवस्थामा मृत फेला परेकी हुन् ।

खोलाको गहिरो खोँचमा घोप्टो परेर लडिरहेको अवस्थामा शनिबार दिउँसो फेला परेको युवतीको शव सोधखोजकाक्रममा सुमिनाको भएको खुलेको प्रहरीले जनाएको छ । रातो स्वीटर, नाकमा फुली र हातमा बाला लगाएको हुलियाका आधारमा सोधखोजपछि मृतक युवतीको पहिचान भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक नविनकिशोर प्रधानले बताए ।

परिवारका अनुशार बुधबार घरबाट हिँडेकी सुमिनाले ’इटहरी जाँदैगरेको’ जानकारी गराएकी थिइन् । युवतीको घाँटी र अनुहारमा खुकुरीको गहिरो चोट देखिएकाले घटनालाई शंकास्पद मानिएको छ ।

घटनाको विषयमा बिस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। युवतीको मृत शव भेटिएको ठाउँमा आलो रगत भेटिएकाले शुक्रबार राति घट्ना भएको अनुमान गरिएको छ।

Death

विशेष