अपराध सुरक्षा

गोली प्रहार गरी रकम लुट्ने पक्राउ

गोली प्रहार गरी रकम लुट्ने पक्राउ
माघ - २४ । गोली प्रहार गरेर रु दुई लाख रकम लुटेको अभियोगमा पक्राउमा परेका एक जनालाई आज प्रहरीले सार्वजनिक गरेको छ । मोरङ, कटहरी–४ बस्ने ३४ वर्षीय कात्तिक कामतलाई आज जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो । जीवन विकास शाखा कर्सियाका सहायक फिल्डमा कार्यरत रङ्गेली–११ बस्ने ३७ वर्षीय घनश्याम बहरदार चढेको मोटरसाइकललाई गत माघ १२ गते विराटनगर–रङ्गेली सडकखण्डको दादरबेरियामा रोकेर लुटपाट गरिएको थियो । एक भारतीय नं को मोटरसाइकलसमेत गरी दुई मोटरसाइकलमा आएका लुटेराको समूह सो रकम लुटेर फरार भएको थियो । घटनामा संलग्न अन्य लुटेराको खोजबिन भइरहेको प्रहरी उपरीक्षक सन्दीप भण्डारीले जानकारी गराए। पक्राउमा परेका कामत यसअघि जबर्जस्ती करणी मुद्दामा जिल्ला अदालत मोरङको आदेशमा २०७२ साल वैशाख ६ गते १० वर्षको सजाय भुक्तान गरी कारागारबाट मुक्त भएका थिए ।

गोली प्रहार

विशेष