अपराध सुरक्षा

आतंकारीका नाइकेसहित होदा गिरोह प्रहरीको फन्दामा

आतंकारीका नाइकेसहित होदा गिरोह प्रहरीको फन्दामा

माघ २५ । हत्या एवं आतंककारी गतिविधिमा संलग्न आरोपमा नेपाल र भारतका प्रहरीको खोजीमा रहेको होदा गिरोहको नाइकेसहित प्रहरी फन्दामा परेको छ । नेपाल प्रहरीले उक्त गिरोहका नाइके समुल होदासहित ४ जनालाई नियन्त्रणमा लिएको हो ।

बारा कलैया–८ का होदाले दुबईमा बसेर नेपाली र भारतीयको गिरोह चलाउँदै आएका थिए । होदा गिरोहमाथि नेपालमा हत्या र भारतमा आतंककारी गतिविधि सञ्चालन गरेको आरोप छ । दुबई प्रहरीको सहयोगमा मध्येक्षेत्रीय प्रहरी कार्यालय, हेटौंडाको विशेष टोलीले होदालाई दुबईबाट भिकाई काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्ने अन्यमा गढीमाई नगरपालिका–८ का बाबा भनिने बृजकिशोर गिरी, कलैया नगरपालिका ४ का आशिष सिंह र उमेशकुमार कुर्मी छन् ।

होदा र उनका सहयोगी पक्राउ गरेर प्रहरी नियन्त्रणमा आइसकेका छन् । थप जानकारी जिल्ला प्रहरी कार्यालले सार्वजनिक गर्ने छ । मध्यक्षेत्र डिआइजी पशुपति उपाध्यायले भने । होदा र उनका तीन सहयोगीलाई सार्वजनिक गर्न आज विहान पत्रकार सम्मेलन राखिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

नागरिक

Atankakari Samsul Hoda

विशेष