अपराध सुरक्षा

३४ किलो सुन आरके ज्वेलर्स र शालिमार ज्वेलर्सका साहुको

३४ किलो सुन आरके ज्वेलर्स र शालिमार ज्वेलर्सका साहुको

माघ २५ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले पक्राउ गरेको ३४ किलो सुनले यतिखेर प्रहरी संगठनभित्र नै खैलाबैला मच्चिएको छ । प्रहरीको बहालवाला एसएसपी श्यामबहादुर खत्रीसमेत सुन तस्करीमा संलग्न भेटिएपछि खत्रीलाई आइतबार सिआइबीले हिरासतमा लियो । यसपछि प्रहरीमा खैलाबैला मच्चिएको छ । सुन तस्करीमा अन्य प्रहरी अधिकृतहरुको पनि संलग्नता हुने सक्ने प्रहरीस्रोतको दाबी छ । नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलबाट बर्षौैंदेखि सेटिङमा हुँदै आएको सुन तस्करीको जालो च्यात्न यतिखेर सिआइबी लागि परेको छ । भावी आइजिपीका प्रमुख दावेदार डिआइजी नवराज सिलवालले सुन तस्करीमा सहयोग पुर्याउँने सबैलाई कानुनी दायरामा ल्याउने जिकिर गर्दै आएका छन् । ३४ किलो सुन काण्डमा भरिया र विमानस्थलबाट उनीहरुलाई सहयोग पुर्याउँने कर्मचारी देखि प्रहरीका एसएसपी पक्राउ परिसक्दा पनि सुनका मालिक भने फरार भएको कारण पक्राउ गर्न नसकिएको सिआइबी स्रोतको भनाइ छ । प्राप्त सूचनाअनुशार ३४ किलो सुन न्यूरोडका व्यापारी राम किसन गोयल र राजेन्द्र शाक्यको हो । गोयल शालिमार ज्वेलर्सका मालिक हुन भने शाक्य आरके ज्वेलर्सका मालिक हुन् । –जनप्रहार साप्ताहिकबाट

विशेष