क्यापिटल मर्चेन्टमा करोडौँ ठगी गरी परार रहेका नेपाल पक्राउ
माघ - २४ । क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी लिमिटेडमा करोडौँ ठगी गरेर फरार रहेका एकजनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले पक्राउ गरेको छ ।
नेपाल बैंकिङ्ग कसुर मुद्दामा पुनरावेदन अदालत पाटनको २०७१ बैशाख २९ गतेको फैसलाले तीन वर्ष कैद र ९ करोड ४१ लाख ३७ हजार ७ सय ७४ रुपैयाँ जरिवाना ठहर भइ फरार रहेका काठमाडौं महानगरपालिका–७ मन्डिखाटारका ४१ वर्षीय किरणकेशर नेपाललाई सोमबार पानीपोखरी काठमाडौंबाट सीआईबीको टोलीले पक्राउ गरेको हो ।
नेपालले २०६७ असार ३१ गते मण्डिखाटार काठमाडौंस्थित आफ्नो नामको ८ रोपनी जग्गाको अधिक मुल्याङ्कन गराई धितो राखेर हुँदै नभएको ‘सिता खाँडसरी चिनी मिल’ परियोजनाको लागि रकम निकालेका थिए । नेपालले क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी लिमिटेडबाट रकम निकाल्दा उक्त फाइनान्सका पदाधिकारी समेतको मिलोमतो रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
फाइनन्सका पदाधिकारीसमेतको मिलेमतोमा उनले नौ करोड रुपैँया कर्जा लिई ब्यावसायिक रुपले जग्गा कारोबारमा लगानी गरेर दुरुपयोग गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । नेपाललाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेपछि अदालतको आदेशले कैद भुक्तानको लागि मंगलबार केन्द्रीय कारागार कार्यालय सुन्धारामा पठाइएको छ ।
Jail