अपराध सुरक्षा

जाजरकोटमा खुकुरी प्रहारगरी एक महिलाको हत्या

जाजरकोटमा खुकुरी प्रहारगरी एक महिलाको हत्या
माघ - २५ । जिल्ला सदरमुकाम खलंगा नजिकै रहेको पासागाड खोलामा हत्या गरिएकी एक महिलाको लास फेला परेको छ । खुकुरी प्रहारवाट हत्या गरिएकी महिलाको लास आइतवार बिहान फेला परेको हो । खुकुरी प्रहारवाट हत्या गरिएकी महिला भेरीमालिका नगरपालीका–४ बोहराकी २८ बर्षिय राधिका सुनार भएको प्रहरी नायव उपरिक्षक भाबेष रिमालले जानकारी दिए । बिहान नौ बजे फेला परेको लास पोष्टमार्टको लागि जिल्ला अस्पतालमा लगिएको प्रहरीले जनाएको छ । घटना कसरी घटेको हो भन्ने कुरा अहिलेसम्म केही नखुलेको प्रहरीको भनाई रहेको छ । घटनाको आबश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । मृतक राधिका सुनार दलबहादुर सुनारकी श्रीमति हुन् । दलबहादुर सुनार नेपाली सेनामा कार्यरत छन् । सुनारका नाबालक दुई छोरा छन् ।
दीपबहादुर घर्ती / जाजरकोट

हत्या

विशेष