अर्थ कर्पोरेट

खोरुङ्गा जलविद्युत् आयोजनामा ३ बैङ्कको एक अर्ब लगानी

खोरुङ्गा जलविद्युत् आयोजनामा ३ बैङ्कको एक अर्ब लगानी
माघ - २५ । तेह्रथुम पावर कम्पनीले ७.५ मेगावाट क्षमताको माथिल्लो खोरुङ्गा खोला जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । आयोजनामा माछापुच्छ्रे बैंक लिमिटेडको नेतृत्वमा नेपाल बङ्गलादेश बैंक र जनता बैंकले लगानी गर्नेसम्बन्धी द्विपक्षीय सम्झौता भएको छ । सो सम्झौतामा कम्पनीका प्रबन्ध सञ्चालक मोहनकुमार डाँगी र बैंकका प्रतिनिधिहरुले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् । कुल एक अर्ब ३७ करोड लागत अनुमान गरिएको आयोजनामा ३७ करोड प्रवर्द्धक संस्थाले र बाँकी रकम माछापुच्छ्रे बैंक लिमिटेडले ४० करोड, नेपाल बङ्गलादेश बैंकले ३० करोड र जनता बैंकले ३० करोड लगानी गर्ने भएका छन् । विसं २०६७ पुस १ गतेबाट उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ । स्थानीयवासीलाई १० प्रतिशत सेयर प्रदान गर्ने जानकारी दिँदै प्रबन्ध सञ्चालक डाँगीले आयोजनाबाट उत्पादित विद्युत् ४.७ किलोमिटर लामो ३३ केभि प्रसारण लाइनबाट नेपाल विद्युत् प्राधिकरणको जिरीखिम्ती सवस्टेसनमा जोडिने बताए । तेह्रथुमको मोराहाङ, श्रीजुङ, पौठाक र ओयाक्जुङ गाविसकोबीच भएर बग्ने खोरुङ्गा खोलाबाट विद्युत् उत्पादन गर्ने गरी २०६६ साल मङ्सिरमा विद्युत् सर्वेक्षण अनुमतिपत्र लिइएको थियो । २०७३ भदौमा यस कम्पनीले उत्पादन अनुमतिपत्र लिएको थियो । प्राधिकरणसँग वर्षामा प्रतियुनिट चार रुपैयाँ ८० पैसा र हिउँदमा आठ रुपैयाँ ४० पैसामा विद्युत् खरिद सम्झौता भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था ९इपान०का अध्यक्ष शैलेन्द्र गुरागार्इंले आयोजनालाई तोकिएको समयमा सम्पन्न गर्न सबैको सार्थक सहयोग जरुरी रहेको बताए ।

खोरुङ्गा जलविद्युत् आयोजना

विशेष