अपराध सुरक्षा

सलाम नगर्दा हवल्दारलाई हतकडी, हिरासतमा कुटपिट !

सलाम नगर्दा हवल्दारलाई हतकडी, हिरासतमा कुटपिट !

माघ २६ । जय नेपाल नगरेको झोकमा प्युठान प्रहरी प्रमुखले जिल्लामा कार्यरत एक ट्राफिक प्रहरी हवल्दारलाई कुटपिट गरेका छन् ।

जिल्ला प्रहरी कार्यालयको हिरासतमा चार घण्टा राखेर आफूलाई कुटेको आरोप ती हवल्दारले लगाए ।

सोमबार दिउँसो बिजुवारको क्वाडीमा ड्युटीमा रहेका अस्थायी प्रहरी पोष्ट बिजुवारका प्रहरी हवल्दार त्रिचन्द्र डिसीलाई जिल्ला प्रहरी कार्यालयमा बोलाएर प्युठान प्रहरी प्रमुख रञ्जीतसिंह राठौरले कुटपिट गरेको हवल्दार डिसीले बताए । ट्राफिकको युनिफर्ममै हत्कडी लगाएर चार घण्टा हिरासतमा राखी आफूलाई मरणासन्न हुने गरी कुटपिट गरेको डिसीले फोनमार्फत जानकारी दिए ।

‘म र एकजना भाइ क्वाडीमा नियमित चेकिङमा थियौं । एक छेउमा जरिवाना काटिरहेको थिएँ । त्यही बेला प्रमुख जिल्ला अधिकारी र डिएसपीसाप आउनु भएछ । काममा भएकोले देखिँन । अर्को भाइ सडकमै थियो, उसले देखेछ । मैले नदेखेकोले जय नेपाल गर्न सकिनँ । पछि त्यही निहुँ बनाएर मलाई जिल्ला प्रहरीमा बोलाई कुटपिट गरे,’ उनले भने ।

‘चारघण्टा अपराधी झैं हतकडी लगाएर हिरासतमा राखियो,’ उनले भने, ‘डिएसपीसाबको कुटाइले मेरो बायाँ हातमा चोट लागेको छ । नीलडाम छन् । युनिफर्मको ज्याकेट च्यातिएको छ ।’

डिएसपीको निर्देशनमा हतकडी लगाएर अस्पताल लगी मेडिकल समेत गराएको डिसीले बताए ।

जिल्ला प्रहरी प्रमुख डिएसपी राठौरले भने अनुशासनहिन काम गरेकाले कार्यालयमा बोलाएर समान्य सोधपुछमात्रै गरेको बताए । कार्यालयमा पनि सोधपुछको बेला अटेर गरेकाले हतकडी लगाइएको उनले बताए ।

अन्नपूर्ण पोस्ट

DSYP Cutpit

विशेष