व्यापारी हत्यामा १२ पक्राउ

माघ २६ । जडीबुटी व्यापारी हत्याको आरोपमा प्रहरीले आरुचौर चिप्लेटीका १२ जनलाई पक्राउ गरेको छ ।
अर्जुनचौपानी ५ को भट्टेथान सामुदायिक वन क्षेत्रमा गाडेको अवस्थामा शब बरामद भएपछि शंकास्पदलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई पत्रकार सम्मेलन गरि प्रहरीले मंगलबार सार्वजनिक गरेको छ । मृतकको पहिचान भने खुल्न सकेको छैन ।
हिमाली जिल्लाबाट जडीबुटी बेच्न आएका व्यापारी हुन सक्ने आधारमा मनाङ र मुस्ताङ लगायतका जिल्लामा हुलिया सहित सूचना पठाएको प्रहरीले जनाएको छ ।
hatya