अर्थ

रसुवागढी नाका खुल्यो

रसुवागढी नाका खुल्यो
माघ २६ । चीनले बन्द गरेको रसुगढी नाका सञ्चालनमा आएको छ । चिनियाँ नयाँ वर्ष र ल्होसारको कारण बन्द गरिएको नाका मंगलबारबाट सञ्चालनमा आएको हो । मालबाहक कन्टेनर खुल्ला गरेसंगै नेपालबाट चीन जाने तयारीमा रहेका एक सय भन्दा बढी कन्टेनर रसुवागढीहुँदै चीनको केरुङतर्फ गएका छन् । चीनसँग जोडने एकमात्र नाका एक महिना अघि चीनले बन्द गरेको थियो ।

विशेष