अपराध सुरक्षा

हत्यारा नै प्रहरी हवल्दार !

हत्यारा नै प्रहरी हवल्दार !

माघ २६ । गत शनिवार राती जाजरकोटको पासागाड खोलामा खुकुरी प्रहार गरी महिलाको हत्या गर्नेमा प्रहरी हल्दार रहेको खुलेको छ ।

प्रहरी अनुसन्धानबाट राधिका सुनारको हत्या गर्नेमा प्रहरी हल्दार रहेको भन्ने खुलेको हो । मृतक राधिका सुनारसंग रहेको मोबाईल नम्बरको कल डिटेल हेरेर हत्यामा संलग्न प्रहरी हवल्दार रहेको भन्ने पत्ता लागेको प्रहरीले जनाएको छ ।

हत्यामा संलग्न जिल्ला प्रहरी कार्यालयको मुद्धाफाँट कार्यरत कमल बिक रहेको प्रहरीले जनाएको छ स। ुनारको हत्यामा संलग्न बिक रहेको भन्ने कुरा पत्ता लागेपछि अनुसन्धानको लागि प्रहरी नियन्त्रणमा रहेका राधिकाका पति दलबहादुरलाई प्रहरीले छोडी सकेको छ । हत्याका दोषी पत्ता लागे पछि मृतकका आफन्तजन र सदरमुकामका महिलाहरु आन्दोलित भएका छन् ।

आन्दोलित आफन्तजन र सदरमुकामका महिलाहरुले हत्यारालाई कडा कारवाही गर्नु पर्ने, मृतकका बालबालिकाको शिक्षा, स्वास्थ्य, गाँस, बास र कपासको ब्यबस्था गर्नु पर्ने जस्ता मागहरु राखेका छन् । जिल्ला प्रहरी कार्यालय आन्दोलित महिला तथा आफन्तजनहरुले घेराउ गरिरहेका छन् ।

विशेष