अपराध सुरक्षा

धारिलो हतियार प्रहार गरेर श्रीमतीको हत्या

धारिलो हतियार प्रहार गरेर श्रीमतीको हत्या
माघ - २६ । मोरङको सिजुवामा बुधबार दिउँसो एक व्यक्तिले धारिलो हतियार प्रहार गरेर आफ्नै श्रीमतीको हत्या गरेका छन् । दिउँसो १२ः३० बजेतिर सिजुवा–६ स्थित मुसहरबस्तीका २६ वर्षीय उदय सुतिहारले मादकपदार्थ सेवन गरेर २५ वर्षीया शान्ता सुतियारमाथि बसिला प्रहार गरेका थिए । हतियार प्रहारबाट गम्भीर घाइते सुतियारको रंगेली अस्पतालमा उपचारकाक्रममा दिउँसो २ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी निरीक्षक केशवकुमार कटुवालले जानकारी दिए । घटनालगत्तै श्रीमान्ले पनि विषादी सेवन गरेका थिए । उनको अहिले कोसी अञ्चल अस्पताल विराटनगरमा उपचार भइरहेको छ । रासस

हत्या

विशेष