अपराध सुरक्षा

नक्सा माग्दा नापीकै कर्मचारीबाट सेवाग्राही कुटिए

नक्सा माग्दा नापीकै कर्मचारीबाट सेवाग्राही कुटिए
माघ - २७ । धनुषाको नापी कार्यालयमा घरको नक्सा लिन पुगेका दुई सेवाग्राहीलाई कर्मचारीले माघ २७ गते कुटपिट गरेका छन् । जनकपुरको श्याम चोक निवासी ललन साह र उनका छोरा अमित साहलाई कर्मचारीले कुटपिट गरेका हुन् । नक्सा उपलब्ध गराउन माग गर्दा नापी कार्यालयका कर्मचारीले बहाना बनाउन थालेपछि आक्रोशित बन्न पुगेका सेवाग्राही ललन साहलाई कार्यालय प्रमुखसहित अन्य कर्मचारी मिलेर कुटपिट गरेको पीडित साहको आरोप छ । सो घटनाबारे कार्यालयमा बुझ्दा नक्सा फाँटका कर्मचारी कतै गएकाले एक्कै छिन् पर्खिन भनेपछि गालीगलौजमा उत्रेपछि घटना भएको स्वीकार गरेका हुन् । घाइते सेवाग्राही ललनलाई धनुषा प्रहरीले उपचारका लागि जनकपुर अञ्चल अस्पताल लगेको सेवाग्राही अमितले बताएका हुन् । घाइते साह जनकपुरको श्याम चोकस्थित माछा पसल गरेर गुजारा चलाउँदै आएका छन् ।

कुटपिट

विशेष