अपराध सुरक्षा

३३ किलो सुनकाण्डः एसएसपी खत्रीलाई अरु १० दिन हिरासतमा राख्ने आदेश

३३ किलो सुनकाण्डः एसएसपी खत्रीलाई अरु १० दिन हिरासतमा राख्ने आदेश
माघ – २७ । सुनकाण्डमा पक्राउ परेका निलम्बित प्रहरी वरिष्ठ उपरीक्षक श्यामबहादुर खत्रीलाई अरु १० दिन हिरासतमै राखेर अनुसन्धान गर्न अदालतले म्याद दिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को हिरासतमा रहेका खत्रीलाई अदालतले यसभन्दा अघि चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई म्याद दिएको थियो । हिरासतमै राखेर अनुसन्धानका गर्न प्रहरीलाई काठमाडौं जिल्ला अदालतले विहीबार समय दिएको हो । चार दिनको अवधिमा अनुसन्धान नसकिएको भन्दै प्रहरीले थप समय मागेकोमा अदालतले १० दिन समय दिएको हो । गत महिना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३३ किलो सुन भित्र्याउन सहयोग गरेको आरोपमा एसएसपी खत्री पक्राउ परेका हुन् । सीआइबीले खत्रीलाई २३ गते प्रहरी मुख्यालय नक्सालबाटै पक्रेको थियो । खत्री सुन तस्करीको समयमा विमानस्थलमा कार्यरत् थिए । सो घटनालगत्तै खत्रीलाई प्रहरी मुख्यालय तानिएको थियो । प्रहरीले यसअघि विमानस्थल भन्सारमा कार्यरत् तीनजना कर्मचारीलाई पनि पक्रिसकेको छ । गत पुस २१ गते दुबई विमानस्थल हँुदै ल्याइएको ३३ किलो सुनसहित सीआइबीले तीनजनालाई नियन्त्रणमा लिएको थियो ।

३३ किलो सुनकाण्ड

विशेष