अर्थ

आयोजनाको पैसामा रजाइँ

आयोजनाको पैसामा रजाइँ

माघ २८ । उर्जा राज्यमन्त्री सत्यनारायण भगतको नेतृत्वमा जम्बो टालीले ४ सय मेगावाट क्षमताको नलसिङगाढ जलाशययुक्तः विद्युत् आयोजनाको पैसामा अष्ट्रेलियाको शयर गर्ने भएको छ ।

ठूला जलाशययुक्त आयोजनाको ड्यामहरुको स्थलगत अध्ययनको नाममा उनीहरु अष्ट्रेलिया जान लागेका हुन् । १५ सदस्यिय भ्रमण टोलीमा अलिकांश आयोजनसंँग असम्बधित राजनीतिककर्मी, मन्त्रीका स्वकीय सचिव र प्रशासनिक अधिकारी छन् ।

टोलीमा चारवर्षे म्याद सकिई अगाडी फागुन १६ मा अवकाश पाउन लागेका नलसिङगाढ आयोजना विकास समितिका अध्यक्ष शेरबहादुर शाही र तीन सदस्य कृष्णप्रसाद शर्मा, ज्ञानेश्जर कार्की र शम्भुबहादुदर श्रेष्ठ समेत छन् । टोली फागुन ६ देखि १६ गतेसम्म अष्ट्रेलियाको भ्रमण गर्ने कार्यक्रम रहेको छ । अध्यक्ष शाही र तीन सदस्यले अष्यट्रेलियाको भ्रमणकै क्रमा पदावधि सकिई अवकाश पाउनेछन् ।

उर्जा मन्त्रालयका प्रशासन शाखाका उपसचिव पल्हाद साकोटा उर्जामन्त्री र राज्यमन्त्रीका स्वकीय सचिव, नलसिंगाढ सरोकार समितिका एक पदाधिकारी समेत भ्रमण टोलीमा रहेका छन् । विकास सिमसतमा टेक्नोलोजि ट्रान्सफर शिर्र्षकमा ड्याम निर्माण संलग्न हुनपर्ने प्राविधिक अधिकारलाई अध्ययन भ्रमणमा पठाउनका लागि २ करोड रुपैया बजेट छ । यहि रकम खर्चेर उनिहरु अमेरिका र अष्ट्रेलिया जान लागेका हुन् ।

कान्तिपुर

Hydropower

विशेष