अपराध सुरक्षा

ढुंगेललाई पक्राउ गर्न अदालतको ताकेता

ढुंगेललाई पक्राउ गर्न अदालतको ताकेता

माघ २८ । व्यक्ति हत्या ठहर कसुर भएका माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई पक्राउ गर्न प्रहरीलाई फैसला कार्यान्वयन निर्देशनालयले ताकेता गरेको छ ।

निर्देशनालयले गृहमन्त्रालय र मातहतका निकायलाई ढुंगेललाई किन पक्राउ नगरिएको भन्दै माघ २३ गे दोस्रो पटक तीन पृष्ठको पत्र लेखेको हो । यसअघि पुस महिनामा सर्वोच्चको फैसला कार्यान्वयनमा किन सहयोग नभएको भन्दै प्रहरीलाई पत्र लेखिएको थियो ।

ओखलढुंगाका व्यापारी उज्जन श्रेष्ठको हत्या कसुरमा १२ वर्ष पांच महिना २२ दिन कैद भुक्तान गर्न बांकी ढुंगेललाई प्रहरी प्रशासनले फरार भने पनि उनलाई सर्वसाधारणले भने सार्वजनिक ठांउमा देख्दै आएको पत्रमा लेखिएको छ ।

Sarboccha Dhalt Supreme Court

विशेष