अपराध सुरक्षा

जबर्जस्ती लुटपाट कार्यमा संलग्न एक पक्राउ

जबर्जस्ती लुटपाट कार्यमा संलग्न एक पक्राउ
माघ – २८ । काठमाडौं उपत्याकाभित्रका विभिन्न ठाउँमा चोरी तथा लुटपाट गर्ने कार्यमा संलग्न एकलाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको छ । लुटपाट तथा चोरी कार्यमा संलग्न रामेछाप दोरम्बा गाविस वडा नं. ८ घर भई हाल काठमाडौंको कागेश्वरी, मनहरा वडा नं. ७ मुलपानी बस्ने २६ वर्षीय भुपाल थापा मगर पक्राउ परेका हुन् । महाशाखाले मगरलाई मुलपानीस्थित कोठाबाट बिहीबार पक्राउ गरेको हो । उनले पुस २२ गते कौशलटारस्थि एनआईसी एसिया बैंकबाट नगद निकाली गठ्ठाघर जाँदै गरिकी मन्दिरा अधिकारको ब्यागमा रहेको नगद ६ लाख जबर्जस्ती चारी गरी फरार भएको थिए । मगरको कोठा खानतलासी गर्दा उक्त घटनामा लुटपाट गरी लगेको नगदबाट खरिद गरेको सुनको मुन्द्रा १ जोर, सुनको औठी थान १, एलईडी टिभी थान १ बिभिन्न किसिमका लेडिज तथा जेन्स चप्पलहरू, घटनामा प्रयोग भएको मोटरसाईकल थान १ तथा लुटपाट गर्दा प्रयोग गरेको ज्याकेट जुत्तासमेत फेला परेको महाशाखाले जनाएको छ । उनलाई जबर्जस्ती चोरी मुद्दामा आवश्यक कानूनी कारवाहीको लागि शुक्रबार महाशाखाले महानगरीय प्रहरी बृत ठिमी पठाएको महाशाखाले जानकारी दियो । मगर २०६७ सालमा चोरी तथा लुटपाट मुद्दामा तीन हजार धरौटीमा छुटेका थिए । त्यस्तै कपनस्थित चोरी मुद्दामा जेल परी धरौटी तिर्न नकेर जेल बसी छुटेको प्रहरीले जनाएको छ । मगर बिभिन्न बैंक तथा बित्तिय संस्थाहरुमा गई कारोबार गर्ने मानिसहरुको बारेमा निग्रानी गर्ने र मोटरसाइकल चालक टिका थाप मगरलाई खबर गर्ने गरेको महाशाखाले जानकारी दियो । टिकाले मोटरसाइकल चलाउने र भुपाल पछाडी बसी पीडितलाई पिछा गरी एकान्त स्थान पारी नगद तथा धनमाल जबर्जस्ती चोरी गर्ने गरेको प्रहरीको अनुसन्धाबाट खुलेको हो । घटनामा सम्लग्न रहेका टिका थापा मगरलाई महानगरीय प्रहरी अपराध महाशाखाले पुस २६ गते पक्राउ गरी आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी बृत्त ठिमी पठाइएको थियो । टिका थापा मगर तथा उक्त घटनामा संलग्न रहेका काले थापा मगर हाल पुर्पक्षको लागि डिल्लिबजार कारागारमा थुनामा रहेका प्रहरीले जनाएको छ ।

लुटपाट

विशेष