बज्र सिं लामाको ३ मुक्तक

जित्छु भन्दै उ हारेर गइन
जिउदै मलाइ मारेर गइन
मेरो घरको पिरतिको बोट
आफ्नै घरमा सारेर गइन
त्यहाँ हाम्रो हार हुन सक्छ
त्यहाँ कसैको सार हुन सक्छ
आफ्नो बनाउने नाममा प्रिय
स्वार्थरुपि प्यार हुन सक्छ ।।।
हो हारेर फेरि फर्किनु छैन मलाइ
जित्ने हरु प्रती तर्किनु छैन मलाइ
यो बुद्धिको लडाइँ हो प्रिय बुझ
गर्जिदै फेरि घर्किनु छैन मलाइ ।।
बज्र सिं लामा
Bajra singh Lama
muktak