बर्दियामा नेपाल राईडरस मिट सम्पन्न

माघ - २९ । बर्दियाको ठाकुरद्वारामा दुई दिने नेपाल राईडरस मिट कार्यक्रम सम्पन्न भएको छ ।
पर्यटन प्रवद्र्धन गर्ने उदेद्श्यले नेपालमै पहिलो पटक बर्दियाको ठाकुरद्वारमा रहेको टाइगर टप्स कर्णाली लजमा कार्यक्रम आयोजना गरिएको फोरे नेपालका अध्यक्ष रबि थापाले जानकारी दिए ।
नेपाल राईडरस मिट कार्यक्रममा नेपालका विभिन्न क्लवसंगै भारत, स्विजरल्याण्ड, जापानलगायत २ सय ३० जना युवाहरुको सहभागिता रहेको फोरे नेपालका अध्यक्ष थापाले बताए ।
कार्यक्रममा सबै रोयल ईन्फीलेण्ड मोटसाईलद्वारा स्लोरेस, स्ट्रङ्गमेन, स्कील राईड, टेक्नीकल राईड लगायतका विभिन्न खेल प्रस्तुति प्रर्दशन गरिएको टाइगर टप्स होटलका सञ्चालब रामसिंहले बताए ।
अन्तर्राष्टिय स्तरको क्लवले पर्यटन प्रवद्र्धनका लागि यस्ता खाले कार्यक्रम बर्दिया राष्टिय निकुञ्जलाई सम्झेर गर्नु निक्कै राम्रो र महत्वपूर्ण भएको पर्यापर्यटन विकास मञ्च ठाकुरद्वारा बर्दियाका अध्यक्ष मोहन चौधरीले बताए ।
कार्यक्रममा युवाहरुको जमघट गरी रमाईलो गर्ने र स्थानिय स्तरको पर्यटन प्रवद्र्धनलाई साथीभाइहरुका माध्ययमबाट प्रचारप्रसार गर्ने उदेद्श्यले दुई दिनका लागि फोरे नेपालले कार्यक्रम आयोजना गरेको हो ।
भावुक योगी / बर्दिया बर्दिया राईडरस



भावुक योगी / बर्दिया बर्दिया राईडरस