अपराध सुरक्षा

अवैध मुद्रासहित मलेसियन नागरिक पक्राउ

अवैध मुद्रासहित मलेसियन नागरिक पक्राउ
माघ - २९ । विभिन्न देशका अवैध मुद्रासहित मलेसियन नागरिकलार्इ प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेकाे छ । मलेसियन एयरद्वारा काठमाडौंबाट मलेसिया जान लागेका राहदानी नम्बर ८३१६२१११७ बाहक ५१ वर्षीय केश्मिन्देर हिंगेह मिल्किट सिंहलाई प्रहरीले पक्राउ गरेकाे हाे । सिंहले सुटकेशभित्र लुकाई छिपाई अवैध रुपमा लैजान लागेको अमेरिकी डलर ६ हजार ७ सय, पाउण्ड १ हजार ९ सय, सिंगापुर डलर २ हजार ८ सय, अष्ट्रेलियन डलर ५ सय, संयुक्त अरब इमिरेट्स दिराम ९ हजार ७ सय ५५, भारतीय रुपैयाँ ७३ हजार ५ सय, मलेसियन रिङ्गेट ३० हजार ४ सय ९० र नेपाली रुपैयाँ ४७ हजार सहित शुक्रबार प्रहरीले पक्राउ गरेको हाे । यस सम्बन्धमा प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको जनाएकाे छ ।

विशेष