अर्थ

दुरसञ्चार उपकरण आयात तीन वर्षकै उच्च

दुरसञ्चार उपकरण आयात तीन वर्षकै उच्च

फागुन १ । कम्पनीकहरुको सेवा विस्तार र नयाँ प्रविधि सुरु गर्न थालेकाले चालु आर्थिक वर्षको पहिलो ६ मिहनामा तीन वर्षयताकै सबैभन्दा धेरै दुरसञ्चार उपकरण आयात भएको छ ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा गत वर्षको सोही अवधिको तुलनामा करिब ५० प्रतिशतले आयात बढेको हो । यसपालीको आयात गएको तीन वर्ष ६ महिनाको तुलनामा सबैभन्दा धेरै देखिएको छ ।

यसपालीको साउनदेखि पुस सम्ममा कुल १५ अर्ब ८१ करोड ९१ लाख २७ हजार रुपैयाँ बराबराको दुरसंचार उपकरण आयात भएका हुन । गत वर्ष यसै अवधिमा भने कुल १० अर्ब ५६ करोड तीन लाख ५४ हजार रुपैयाँ बराबारका उपकरण आयात भएका थिए ।

कान्तिपुर

Durchanchar

विशेष