अपराध सुरक्षा

टीकाटालोको एक दिनअघि युवतीमाथि सामूहिक बलात्कार, बलात्कारको भिडियोसमेत खिचियो

टीकाटालोको एक दिनअघि युवतीमाथि सामूहिक बलात्कार, बलात्कारको भिडियोसमेत खिचियो

फागुन २ कपिलवस्तु पकडी क्षेत्रमा विवाहका लागि टीकाटालो गर्ने तयारीमा रहेकी एक युवतीलाई सामूहिक बलात्कार गरिएको छ । बलात्कारमा संलग्न व्यक्तिले बलात्कार गर्दै गरेको भिडियो खिची इन्टरनेटमा अपलोडसमेत गरेको पाइएको छ ।

टीकाटालोको एक दिनअघि १७ वर्षीया ती युवतीलाई खेतमा लगी सामूहिक बलात्कार गरिएको हो । सोमबार उनको टीकाटालो हुँदै थियो ।

लुम्बिनी अञ्चलका एसएसपी दिपक थापाले सो घटनामा ६ जना युवाको सहभागिता रहेको भन्दै दुई जनालाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ पर्नेमा पकडी क्षेत्रका राहत हुसैन र अब्दुल रसिद छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकालाई जबरजस्ती करणी मुद्दाअन्र्तगत अनुसन्धान भइरहेको छ ।

राजधानी

विशेष