अर्थ

उपत्यकाका सडक खन्ने–पुर्ने काम अझै १० वर्षसम्म !

उपत्यकाका सडक खन्ने–पुर्ने काम अझै १० वर्षसम्म !

फागुन २ । उपत्यकामा सडक भत्काउने क्रम अझै १० वर्षसम्म जारी रहने तथ्य सार्वजनिक भएको छ ।

विगत ५ वर्षदेखि खन्न सुरु गरिएको उपत्यकाको सडक खन्ने–पुर्नेमा मात्रै सीमित भइरहेको समयमा सरकारले उपत्यकाको ढल पुरानो र सानो भएको भन्दै पुनः ढल खन्न सम्झौता गरेको छ ।

‘मेलम्चीको पानीको पाइप बिछ्याउने काम नसकिदैं केही महिनापछि ढलका लागि सडक खन्ने काम सुरु हुँदैछ,’ स्वास्थ्यमन्त्री गगनकुमार थापाले भने, ‘उपत्यकामा धुलोका कारण बिरामीको संख्या अस्पतालमा बढ्दो रुपमा रहेको छ ।’

ढलको पाइप फेर्ने र नयाँ ढलका लागि खन्ने कामका लागि सरकारले अघिल्लो सातामात्रै सम्झौता गरिसकेको छ । मेलम्चीको पाइप बिछ्याएको स्थानमा कालोपत्रे गर्न सम्झौता गरिसकेको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ । पछिल्लो समयमा ढल बिस्तारका लागि भएको सम्झौताअनुसारको काम पनि केही महिनापछि सुरु हुनेछ ।

मेलम्चीले कालोपत्रे गरेको ठाउँमै पुनः ढलका लागि खन्ने काम सुरु भइ अबको १० वर्षसम्म उपत्यकामा खन्ने र पुर्ने काममात्रै हुने स्वास्थ्यमन्त्री थापाले बताए ।

राजधानी

Kathmandu Road

विशेष