अपराध सुरक्षा

आफन्तबाटै असुरक्षित बालबालिका

आफन्तबाटै असुरक्षित बालबालिका

फागुन २ । माघ २३ गते पातो ५ का ३ वर्षीय रामअवतार यादवको घाँटी निमोठेर घरकै आगनमा हत्या भयो ।

आमा चन्दिकादेवीसँग भएको घरायसी विवादमा काकी उर्मिदेवलिे बालकको हत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालका निरिक्षक विजय श्रेष्ठले उर्मिललाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको बताए ।

गत साउन १२ गते हनुमाननगर गनीमाई ७ की ६ वर्षिया प्रतिमा मण्डलको घाँटी थिचेर हत्या भयो । अनुसन्धानका क्रममा प्रहरीले आमालरानीदेवीको परपुरुषसँ गरेको सम्बन्धबारे बालिकाले देखेपछि आमाले नै मलेकपुर १ का शिवशंकर मालीसंग मिलेर छोरीको हत्या गरेको खुल्यो ।

आमा रानीदेवी र उनलाई सघाउने शिवशंकर पुर्पक्षका लागि कारागारमा छन्, हत्यामा संलग्न आफन्त र नजिकका छिमेकी संलग्न यी त प्रतिनिधी छटनामा मात्र हुन् । पछिल्लो समय सप्तरीमा हत्या अपहरण र जबरजस्ती करणीका घटना आफन्त नजिकका नातेदार र छिमेकीको संलग्नता खुलेको छ ।

जिल्ला प्रहरी कार्यालयका निरीक्षक नारायणप्रसाद भट्टराईका अनुसार शिक्षा र चेतनाको कमीले अपराध गर्दा हुन सक्ने कानुनी कारबाहीको बारेमा ज्ञान नभएका कारण अपराध बढ्दै गएको बताउछन् ।

कान्तिपुर

Rape in Saptari

विशेष