अर्थ

ग्लोबल आईएमई र प्यासिफिकको कारोबार सुरु

ग्लोबल आईएमई र प्यासिफिकको कारोबार सुरु

फागुन २ । ग्लोबल आईएमई बैकले प्यासिफक डेभलपमेन्ट बैकलाई प्राप्ति (एक्विजिसन) पछिको एकिकृत कारोबार सुरु गरेको छ ।

बैकले आइतबार राजधानीमा एक औपचारिक कार्यक्रममार्फत एकिकृत कारोबारको शुभारम्भ गरेको हो । यसअघि ६ वटा बैंक तथा वित्तीय संस्थालाई गाभिसकेको ग्लोबाल आईएमई बैंकले सातौं सस्थाका रुपमा प्यासिफिक डेभलपमेन्ट बैकलाई प्राप्ति गरेको हो । प्यासिफिक डेभलपमेन्ट बैक लमजुङ जिल्ला स्थित एक जिल्ले विकास बैंक हो ।

प्यासिफकलाई प्राप्ति गरेपछि ग्लोबल आईएमई बैंकको चुक्ता पुँजी ७ अर्ब २४ करोड पुग्ने छ । त्यसमा आर्थिक वर्ष २०७२÷७३ को प्रस्तावित बोनस सेयर ९८ करोड ६३ लाख रुपैया रेहेको जनाएको छ ।

सोही अवधिमा बैंकको निक्षेप ८५ अर्ब रुपैँया र कर्जा ७२ अर्ब ८८ करोड रुपैया छ । बैंकले मुलकभर ९४ शाखामार्फत वित्तीय सेवा दिँदै आएको छ ।

Global IME

विशेष