अपराध सुरक्षा

बिहानै प्राध्यापकको गाडीमा आगजनी, घटनामा संलग्नको खोजी जारी

बिहानै  प्राध्यापकको गाडीमा आगजनी, घटनामा संलग्नको खोजी जारी
फागुन २ । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक सुधा त्रिपाठीको गाडीमा अज्ञात समूहले आगजनी गरेको छ । ललितपुरको शंखमुलस्थित युएन पार्क नजिकै त्रिपाठी चढेको बा २ च ५६६० नम्वरको गाडीमा आगजनी गरिएको हो । युएन पार्कनजिकै केही व्यक्तिले पेट्रोल छर्केर आगो लगाएका हुन् । दुई जना मुखमा मास्क लगाएर आएका व्यक्तिले गाडी रोकी आगो लगाएको प्राध्यापक त्रिपाठीले बताइन् ।  घटनाको कारण र संलग्नको खोजी भइरहेको प्रहरी जनाएको छ ।

Sudha Tripathi

विशेष