अपराध सुरक्षा

बलात्कारी शिक्षकलाई अदालतमा पेस नै नगरी उन्मुक्ति !

बलात्कारी शिक्षकलाई अदालतमा पेस नै नगरी उन्मुक्ति !

फागुन २ । बालिकालाई जबजस्ती करणी गरेको मुद्दामा पक्राउ परेका अभियुक्तलाई अदालतमा पेस नै गरी छाडिएको घटना सार्वजनिक भएको छ ।

बाराको भोडहा गाउँका १३ वर्षीय बालिकालाई मटिअरीयका २५ वर्षीय सोनालाल साहले जबजस्ती करणी गरको अभियोगमा बारा प्रहरीले पक्राउ गरेको थियो। तर साहलाई अदालतमा पेस नै नगरी जिल्ला प्रहरी कार्यालय र महिला तथा बालबालिका सेवा केन्द्रले छाडेको घटना सार्वजनिक भएको हो ।

पीडित बालिकाका बुबाले पुस २५ गते जिल्ला प्रहरी कार्याल बारा र महिला तथा बाल बालिका सेवा केन्द्रमा उजुरी दर्ता गरेका थिए । उजुरीको अधारमा प्रहरीले साहलाई नियन्त्रण लिए पनि अदालतमा पेसै नगरी छाडिएपछि पीडित परिवार झन् पीडामा परेका छन् ।

गाउँकै एक निजी स्कुलमा कक्षा ५ मा पढदै गरेकी ती बालिकालाई सोही स्कुलका गणित पढाउने शिक्षक साहले पुस २२ गते २६ घण्टा सँगै राखेर जबरजस्ती गरेका थिए । ‘२२ गते हराएकी छोरी २३ गते राति १० बजे घरमा फर्किइन् ।

रुँदै आएकी छोरीले जबरजस्ती गरेको कुरा आमालाई सुनाएपछि हामी मुर्छित भयौं,’ पीडित बालिकाको बुबाले भने । छोरीको कुरा बुबाले भोलिपल्टै न्याय माग्न जिल्ला प्रहरी कार्यालय पुगेका थिए ।

Rape In Bara

विशेष