अपराध सुरक्षा अर्थ

इन्भेस्टमेन्ट बैंकको हराएकाे २३ लाख कर्मचारीबाटै चाेरी

इन्भेस्टमेन्ट बैंकको हराएकाे २३ लाख कर्मचारीबाटै चाेरी
फागुन–२ । धनगढीस्थित नेपाल इन्भेस्टमेन्ट बैंकबाट हराएको रकम बैंककै एक कर्मचारीले गत हप्ता चोरी गरेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक अरुणचन्द ठकुरीको नेतृत्वको टोलीले बैंकको रु २३ लाख ४४ हजार चोरी गर्ने कर्मचारी गोविन्द उपाध्यायलाई चोरी रकमसहित पक्राउ गरी सोमबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । निजले माघ २८ गते बैंकको एटिएम लकको पासवर्ड पत्ता लगाई उक्त रकम चोरी गरेको अनुसन्धानबाट पत्ता लागेको छ । प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढा मगरले उपाध्यायले बैंकमा रहेको सिसी क्यामेरा बन्द गरी एटिएममा राखिएको उक्त रकम एटिएमको लक खोलेर चोरी गरेको पाइएको बताए । चोरी गरेको रकम निजले आफन्तका घरमा लुकाइराखेका थिए । रकम चोरी भएपछि बैंकले आइतबार जिल्ला प्रहरी कार्यालयमा खोजबिनका लागि निवेदन दिएको थियो । रासस  

इन्भेस्टमेन्ट बैंक चाेरी धनगढी

विशेष