अर्थ

सिटामोल नपाएर मर्ने स्थिति रहेको देशमा ३ खर्ब बजेट वचत

सिटामोल नपाएर मर्ने स्थिति रहेको देशमा ३ खर्ब बजेट वचत

फागुन ३ । संस्थागत रुपमै सरकारको खर्च गर्ने क्षमतामा आएको ह्रासको कारण चालू आर्थिक वर्षकोअन्त्यमा ढुकुटीमा ३ सय अर्ब बचत हुने देखिएको छ। हालकै खर्चको प्रवृत्ति कायम रहे सरकारको ढुकुटीमा ३ खर्ब रुपैयाँ अर्थात चालू आर्थिक वर्षको एक तिहाई बजेट बचत हुन्छ । नागरिकले सिटामोल खान नपाएर मर्ने स्थिति रहेको मुलुकमा यत्रो बजेट बचत हुनु लाजमर्दो स्थिति हो । ’राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठले भने । सरकारले आफ्नो बजेट खर्च गर्न नसकेर पैसा ढुकुटीमा थुप्रिएको यो पहिलो वर्ष भने होइन । गत आर्थिक वर्ष पनि खर्च गर्न नसकेकोले एक खर्ब १५ अर्ब रुपैयाँ बचत थियो । –नागरिक दैनिकबाट

विशेष