अपराध सुरक्षा

बैकबाट गायब भएको २३ लाख रुपैंया बैकका कर्मचारीको सिरानीमा र परालको कुन्युमा भेटियो

बैकबाट गायब भएको २३ लाख रुपैंया बैकका कर्मचारीको सिरानीमा र परालको कुन्युमा भेटियो

फागुन ३ । एटिएममा राखिएको रकम चोरी गरेको आरोपमा प्रहरीले धनगढीमा नेपाल इन्भेष्टमेन्ट बैकका कर्मचारीलाई चोरी भएको २३ लाख ४४ हजार रुपैयाँ सहित पक्राउ गरेको छ ।

शुक्रबार एटिएममा राखिएको करिब २७ लाख २३ हजारमध्ये २३ लाख ४४ हजार गायब भएको थियो । प्रहरीले बैकका कर्मचारी गोबिन्द उपाध्यायका छिमेकी लिला जोशीको घर अगाडि परालमुनि लुकाएर राखेको अवस्थामा रकम बरामद गरेको जनाएको छ । जिल्ला प्रहरीका एसपी अर्जुन चन्दका अनुसरा २२ लाख ७० हजार परालभित्र र ७४ हजजार उपाध्यायको सिरानीबाट बरामद भएको हो ।

एटीएममा करिक २७ लाख राखिएको दोस्रो दिन नै ग्राहकले सकिएको खबर गरेपछि गायक गरिएको खुलेको थियो । एटीएममा राखिएको रकममध्ये करीब ३ लाख ग्राहकले एटिएबाट झिकेको प्रहरीले जनाएको छ ।

शुक्रबार बेलुका ६ बजेर १ मिनेट जाँदा एटीएममा राखिएका सीसी क्यामेरा ५ मिनेटका लागि बन्द गरिएको पाइएको छ सीसी क्यामेरा बन्द भएकाले त्यही बेला एटीमबाट रकक निकालिएको हुन सक्ने प्रहरी प्रमुख चन्दले बताए ।

बैंकका सहायक स्ततरका कर्मचारी उपाध्यायलाई पक्राउ गरी अनुसन्धान भइरहको प्रहरीले जानकारी दिएको छ । शंकास्पद भनि नियन्त्रणमा लिएका दुई कर्मचारीलाई भने छाडिएको छ ।

ATM chori

विशेष