अर्थ

अल अन्सारी र सिटी एक्स्पे्रस विच सहमतिमा हस्ताक्षर

अल अन्सारी र सिटी एक्स्पे्रस विच सहमतिमा हस्ताक्षर
फागुन ३ । यूनाइटेड अरब एमिरेट्स स्थित अल अन्सारी एक्चेञ्च (क्याश एक्स्प्रेश) र सिटी एक्स्प्रेस मनी ट्रान्सफर, नेपालले फेबु्रअरी २०१७ देखि सहकार्यमा सेवा प्रदान गर्ने सहमति गरेका छन् । सहमतिले अल अन्सारी एक्स्चेञ्जको नेपालमा सिटी एक्स्प्रेसको सबै पेइङ् लोकेशन मार्फत सञ्जाल बृद्धि भएको छ । साथै, अहिले नै नेपालका धेरैजसो प्रमुख रेमिट्यान्स करिडोरहरुमा सिटी एक्स्प्रेसको बलियो उपस्थितीलाई थप सुदृढ बनाउन समेत सहयोग मिल्नेछ । ‘अल अन्सारी (क्साश एक्स्प्रेस) विदेशबाट नगद पठाउने तथा नेपालमा प्राप्त गर्ने सबै नेपाली उपभोक्तालाई सहज र सुलभ सेवा उपलब्ध गराउन प्रतिबद्ध रहेको छ ।’ अन्सारी एक्स्चेञ्जका महाप्रबन्धक रिशिद अल अन्सारीले भने ‘सिटी एक्स्प्रेससँगको यो सहकार्यले नेपाली उपभोक्तालाई छनोटका थप अवसरका साथै थप कार्य समय समेत उपलब्ध हुनेछ ।’ यो सहकार्यले विशेषगरी यूएई र कुवेतबाट हुने ट्रान्सफरमा थप सहजता मिल्ने उनले बताए । ‘यूएई, कुवेत, जोरदन लगायत विश्वभर बलियो सञ्जाल रहेको यूएईकै सर्वाधिक ठूलो मनि ट्रान्सफर अल अन्सारी एक्स्चेञ्ज (क्याश एक्स्प्रेश)सँग सहकार्य गर्न पाउँदा हामी निकै उत्साहित छौँ’ सिटी एक्स्प्रेसका प्रबन्ध निर्देशक चन्द्र टन्डनले ‘भने यो सहकार्यले नेपालमा मनि ट्रान्सफर सेवा थप सुदृढ गर्दै उपभोक्तालाई ५ हजार भन्दा बढी स्थानबाट सेवा उपलब्ध भइ उत्कृष्ट सेवा प्रदान गर्न सहयोग मिल्नेछ ।

City Express

विशेष