अर्थ कर्पोरेट

धान र मकैको मूल्य निर्धारण

धान र मकैको मूल्य निर्धारण
फागुन ३ । बारामा जिल्ला मूल्य निर्धारण समितिले आर्थिक वर्ष २०७३/७४ का लागि धान र मकैको मूल्य निर्धारण गरेको छ । प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरको अध्यक्षतामा सोमबार बसेको जिल्ला मूल्य निर्धारण समितिको बैठकले चालु आवका लागि धान प्रतिक्विन्टल दुई हजार चार सय तथा मकै प्रतिक्विन्टल दुई हजार अाठ सय निर्धारण गरेको छ । मोहीले यस वर्ष जग्गाधनीलाई बुझाउनुपर्ने कुत बालीबापतको निर्धारण मूल्यअनुसारको रकम भूमिसुधार कार्यालयमा जग्गाधनीको नाममा यही फागुन मसान्तसम्म धरौटी जम्मा गर्नुपर्ने भूमिसुधार कार्यालयका प्रमुख रामकृष्ण उप्रेतीले बताए । आव २०७२/७३ मा समितिले धानको मूल्य प्रतिक्विन्टल दुई हजार तीन सय र मकैको मूल्य प्रतिक्विन्टल दुई हजार अाठ सय निर्धारण गरेको थियो ।

मूल्य निर्धारण

विशेष