अर्थ कर्पोरेट

१४ करोडको सुन्तला बिक्री

१४ करोडको सुन्तला बिक्री
फागुन - ३ । कास्कीमा यस वर्ष १४ करोड रुपैयाँको सुन्तला बिक्री भएको छ । जिल्लामा यस वर्ष ६ हजार दुई सय मेट्रिक टन सुन्तला उत्पादन भएको छ । गत वर्ष ६ हजार पाँच यस मेट्रिक टन सुन्तला उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकारी नारायणजङ्ग खत्रीले जानकारी दिए । विभिन्न रोगको प्रकोप, बोट सुक्दै जानु र प्रतिकूल मौसमका कारण गत वर्षको तुलनामा यस वर्ष सुन्तला उत्पादनमा ह्रास आएको खत्रीको भनाइ छ । यस वर्ष जिल्लामा सात यस ८० हेक्टरमा सुन्तला लगाइएको छ । जिल्लाका कृस्तीनाच्नेचौर, खाल्टे, थुम्की, भरतपोखरी, निर्मलपोखरी र सल्यान सुन्तला उत्पादनका पकेट क्षेत्र मानिन्छन् ।

विशेष