अर्थ कर्पोरेट

नियम विपरीत सवारीबाट रु ५८ हजार राजस्व सङ्कलन

नियम विपरीत सवारीबाट रु ५८ हजार राजस्व सङ्कलन
फागुन - ३ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले सोमबार विभिन्न स्थानमा गरेको सवारी कारबाहीबाट ५८ हजार राजस्व सङ्कलन गरेको छ । बिपी राजमार्गमा तीव्र गतिमा सवारी चलाउने र ट्राफिक नियम विपरीत सवारीसाधन चलाउने ४० चालक तथा सवारीसाधनलाई गरिएको कारबाहीबाट सो राजस्व सङ्कलन भएको हो । बिपी राजमार्गमा तीव्र गतिमा सवारी चलाउने क्रम बढेको गुनासो बढेपछि ट्राफिक प्रहरीले गरेको सवारी कारबाहीबाटै राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रहरी हवल्दार रामेश्वर पाण्डेले जानकारी दिए । तराई तथा पूर्वका विभिन्न जिल्लाबाट छुटेका सवारीसाधन सिन्धुली हुँदै काठमाडौँ र काठमाडाैँबाट सिन्धुली हुँदै तराई तथा पूर्वका जिल्लामा सवारीसाधन चल्ने चापको समय बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म जाँच गरिएको थियो ।

राजस्व

विशेष