अपराध सुरक्षा

अपहरण मुद्दाका फरार अभियुक्त पक्राउ

अपहरण मुद्दाका फरार अभियुक्त पक्राउ
फागुन - ३ । अपहरण तथा शरीर बन्धक मुद्दामा फरार रहेका एकलाई प्रहरी पक्राउ गरेको छ । काठमाडौं तारकेश्वर नगरपालिका–१९ डेरा गरी बस्ने नुवाकोट फिकुरी–९ का २९ बर्षीय अशोक ढुंगेललाई सोमबार केन्द्रीय अनुसन्धान व्यूरोको प्रहरीले पक्राउ गरेको हो । ढुंगेल समेत भएको अपहरण तथा शरीर बन्धक मुद्दामा पुनरावेदन अदालत पाटनको २०६९ माघ २ गतेको फैसलाले ६ बर्ष कैद हुने ठहर भएकोमा फरार रहका उनलाई मनमैंजुबाट पक्राउ गरेको हो । उनमाथि जग्गा प्लटिङको काम गर्ने नविन कुमार नेपालसँग १० लाख रुपैयाँ फिरौती माग गरेको र नदिए अपहरण गरी गोलीहानी मार्ने धम्की दिएको आरोप लागेको थियो । उक्त कार्यमा संलग्न ढुंगेलका साथी अमर लामाको साथबाट प्रहरीले १० लाख रुपैयाँ र डोजरको चाबीहरु, धम्की दिन प्रयोग गरिएका मोबाइल सिमहरुसहित बरामद गरेको थियो। फैसला कार्यान्वयनको लागि ढुंगेललाई काठमाडौं जिल्ला अदालतमा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानको लागि केन्द्रीय कारागार सुन्धारा पठाएको व्यूरोले जनाएको छ ।

अपहरण

विशेष