अपराध सुरक्षा

बलात्कृत युवतीको रद्द भयो बिहे

बलात्कृत युवतीको रद्द भयो बिहे
फागुन ४ । कपिलवस्तुको पकडी गाविसमा गत साता बलात्कृत किशोरीको बिहे रद्द भएको छ । १७ वर्षीया किशोरीको फागुन ३ गते विवाहका लागि तिलक तय थियो । केटी पक्षले सार्वजनिक भए विहे प्रभावित हुने डरले घटना लुकाएको थियो । तर बलात्कारमा संलग्न युवाले नै घटना सार्वजनिक गरेपछि विवाह रद्द भएको छ । केटा पक्षले घटना विवरण थाहा पाएपछि विवाह नहुने सूचना पठाएको छ । विवाह रद्दपछि किशोरीकी आमा चिन्तामा परेको आफन्तले बताए । विपन्न परिवारकी युवती भारत भन्दा नेपालमा सजिलो र सस्तैमा विवाह हुने भन्दै आमाबुबासहित आएकी थिइन् । मंगलबार केटाको घरमा तिलक लिएर जाने कार्यक्रम थियो । जिल्लाको तौलिहवा–लुम्बिनी सडक खण्डअन्तर्गत पकडी बजार नजिक सिसौ घारीमा गत माघ २६ गते सामूहिक बलात्कार भएको थियो । कान्तिपुर

Rape in nepal

विशेष