अर्थ कर्पोरेट

यामाहा म्युजिकले सूरु गर्यो नेपालकै ठूलो सांगितिक सो रुम

यामाहा म्युजिकले सूरु गर्यो नेपालकै ठूलो सांगितिक सो रुम

फागुन–४ । यामाहा म्युजिकको आधिकारिक विक्रेता एमएडब्लु म्युजिक प्रा.लिले काठमाडौंको नक्सालमा नेपालकै ठूलो सांगितिक उपकरण तथा प्रोफेसन अडियो सिस्टमको सो रुम सुरु गरेको छ । नेपालको चर्चित सांगितिक समूह १९७४ एडीले म्युजिक सो रुमको उद्घाटन गरेको हो । नयाँ सो रुममा यामाहा म्युजिकल इन्स्ट्रयुमेन्ट, प्रोफेसनल अडियो सिस्टम, अडियोभिडियो इक्विपमेन्टसहित अन्तराष्ट्रिय रुपमा ख्यातिप्राप्त म्युजिकल ब्रान्ड ‘कोनिग एन्ड मेयर’ र डी’अडारियोका सामग्री पनि पाइने विज्ञप्तिमा उल्लेख छ । ‘हामीले सन् २००६ मा कान्तिपथमा पहिलो यामाहा म्युजिक सोरुम खोलेका थियौं । त्यसक्रममा हामीले संगीतप्रेमीहरुका लागि अझ धेरै उपहरण र सुविधा भएको आउटलेट आवश्यक भएको अनुभव ग¥यौं । यस क्षेत्रमा लामो अनुभव हासिल गरेपछि हामीलाई नेपालकै ठूलो सोरुम खोल्ने उत्प्रेरणा मिलेको हो,’ एमएडब्लु म्युजिक प्रालिकी कार्यकारी निर्देशक सलोनी सेठिया अग्रवालले भने, ‘सांगितिक उपहरणको क्षेत्रमा विश्वकै अग्रणी ब्रान्ड यामाहासँग आवद्ध हुन पाएकोमा हामी गौरव महसुस गरिरहेका छौं । आशा छ, नयाँ सोरुमले नेपालभरिका संगीतप्रेमीको मागलाई पूरा गर्नेछ ।’ नक्सालस्थित पुलिस हेडक्वार्टर पेट्रोल पम्पनजिकै रहेको नयाँ सो रुममा गितार, किबोर्ड, पियानो, लाइभ साउन्ड, रेकर्डिङ जस्ता विभिन्न उपकरणहरु पाइने विज्ञप्तिले जनाएको छ । सो रुममा संगीतसम्बन्धी ज्ञान भएको स्टाफ पनि राखिएको र संगीत पारखीहरुलाई आफूले चाहेको उपकरण छान्ने मद्दत गराउने बताइएको छ । साथै, यामाहा म्युजिक सो रुमले संगीत प्रेमीहरुका लागि ‘टच, फिल एन्ड एक्सपिरियन्स’को व्यवस्थासमेत गर्ने जनाइएको छ ।

नक्साल यामाहा म्युजिक सांगितिक सो रुम

विशेष