अर्थ

निगमले पठायो जहाज किन्न ११ करोड बैना

फागुन ५ । नेपाल वायुसेवा निगमले दुई थान ठूला जहाज खरिद गर्न सम्बद्ध कम्पनीलाई प्रतिबद्धता रकम (बौन) स्वरुप १० लाख अमेरिकी डलर पठाएको छ ।

राष्ट्रिय ध्वजाबाहक निगमले बुधबार राति हिमालय बैंकको न्यूरोड शाखामा रहेको अमेरिकी डलर खातामार्फत पोर्चुगलको एक वायुसेवा कम्पनी हाइफ्ल्याई एयरलाइन्सलाई उक्त रकम पठाएको हो । हाइफ्ल्लाईको स्विटजरल्याण्डस्मा रहेको बैक खातामा निगमले बैना रकम पठाएको हो ।

नेपाल राष्ट्रबैकले डलर पठाउन अनुमति दिएपछि हाइफ्ल्लाई एयरलाइन्सलाई उक्त रकम पठायौं निगमका एक उच्च अधिकारीले भने अब भने दुई थान वाइड बडी जहाज आउने पक्का भयो । एउटा जहाजको ५ लाख डलरका दरले पठाएको हो ।

निगमले बुधबारको विदेशी मुद्रा विनिमय दर अनुसार उक्त १०लाख डलर अर्थात नेपाली रुपैंया १० करोड ७० लाख रुपैया बैना पठाएको हो । ती अधिकारीका अनुसार राष्ट्रबैंकको अनुमति पाउनासाथ आवश्यक कागजात लिएर निगमका कर्मचारी हिमालय बैंकमा गएका थिए । बैंकका कर्मचारी पनि रातिसम्म तैनाथ गरिएको थियो ।

नागरिक दैनिक

Nepal Air

विशेष