अपराध सुरक्षा

फेसबुकमा युवत्तिको नम्बर सार्वजनिक गरेर यौन सम्पर्कराख्न बाध्य बनाउने अपराधी पक्राउ

फेसबुकमा युवत्तिको नम्बर सार्वजनिक गरेर यौन सम्पर्कराख्न बाध्य बनाउने अपराधी पक्राउ

फागुन ५ । महानगरीय अपराध महाशाखामा २१ वर्षीया उजुरी लिएर आइन् । अपरिचित युवाले फोनमार्फत बारम्बार यौन सम्बन्ध राख्न प्रस्ताब राख्ने र तारन्तार अश्लील म्यासेजले उनी हैरान थिइन् । महाशाखाले तुरुन्तै मोबाइल प्रयोगकर्ता सागर धिताललाई ललितपुरको ग्वार्कोबाट पक्राउ गर्यो ।

सागरले कहिल्यै नचिनेकी केटीको फोन नम्बर एउटा फेसबुक अकाउन्टबाट पाएको बताए । त्यसपछि प्रहरीले अश्लील नाम दिएर खोलिएको फेसबुक एकाउन्टतिर अनुसन्धान थाल्यो अनुसन्धानपछि खुल्यो उक्त अश्लिल नाम अकाउन्ट २ वर्ष अमेरिकामा बसेर फर्केपछ एक निजी कम्पनीमा लेखापालको काम गर्ने सु्जर बस्नेतले चलाएका रहेछन् । अनौठो त के भने यौन धन्दाको सञ्जाल फैलाउन कै लागि बस्नेतले उक्त फेसबुक अकाउन्ट चलाएको देखिन्छ ।

जहाँ विभिन्न २३ युवतीका टेलिफोन नम्बर सार्वजनिक गरिएको छ । बस्नेतले नाम र फोन नम्बर सार्वजनिक गरेको उक्त फेसबुक अकाउन्टलाई यौन सम्बन्ध राख्न सकिने भन्ने सुचना दिन्थे । बस्नेत आफै पनि कैयन युवतीसँग फोन वा फेसबुकमार्फत सम्पर्कमा पुग्ने उनीहरुलाई यौन सम्बन्ध गर्न बाध्य बनाउने, धम्क्याउने गरेको अनुसन्धानले देखाउँछ ।

महाशाखाका डीएसपी पशुपति रायले फेसबुकमार्फत यौन धन्दाको सञ्जाल चलाउने यस्तो अभ्यास नौलो भएको बताए । उनले यस्तो प्रवृत्ति खतरनाक हुने बताउँदै अश्लील सामग्री राख्ने अन्य केही फेसबुक पेज र अकाउन्टबारे पनि अध्ययन गरिरहेको बताए ।

पक्राउ परेका बस्नेतले अमेरिकामा बस्ता यस्तो कार्य गैरकानुनी नभएकाले नै सोही अकाउन्ट चलाइरहेको बताए । पहरीले भने उनले यौन सञ्जाल बढाउँदै धेरैलाई फेसबुमा समेटन त्यस्तो गरेको हुन सक्ने बतायो । प्रहरीले धिताललाई सार्वजनिक अपराध ऐन मार्फत मुद्दा चलाएको छ भने बस्नेतलाई विद्युतीय कारोबार ऐन अन्र्तगत मुद्दा चलाएको छ ।

Baset Sagar Dhital

विशेष