अर्थ

तोलामा ४ सय रुपैयाँले बढ्यो सुन

तोलामा ४ सय रुपैयाँले बढ्यो सुन

फागुन ५। सुनचाँदीको मूल्य बिहीबार बढेको छ । सुनको तोलामा चार सय रुपैयाँ तथा चाँदीको तोलामा पाँच रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार सुन बिहीबार तोलाको ५५ हजार ६ सय रुपैयाँ पुगेको छ । बुधबार ५५ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य तोलामा चार सय रुपैयाँ बढेको हो ।

यस्तै गएको आइतबारदेखि नै स्थिर रहेको चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेर ८ सय २५ रुपैयाँमा किनबेच भइरहेको छ ।

अाजकाे सनकाे भाउ सुनकाे मूल्य

विशेष