पर्यटन

नगरकोटमा पर्यटकको चाप बढ्यो

नगरकोटमा पर्यटकको चाप बढ्यो

फागुन – ५ । पर्यटकीय क्षेत्र नगरकोटमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ । २०७२ वैशाख १२ गते गएको विनासकारी भूकम्पपछि कमी आएको पर्यटकको चाप पुनः फर्किएको हो । नगरकोटमा चिनियाँ र युरोपेली पर्यटकको धेरै आउने गरेका छन् । त्यस्तै, साताको अन्तिम दिन आन्तरिक पर्यटकको चाप बढ्ने गरेको छ । ‘वसन्त ऋतु लागेसँगै पर्यटकको चाप वढेको छ,’ नगरकोट नालडुम पर्यटन विकास समितिका एक सदस्यले भने, ‘चिनियाँ र युरोपेली पर्यटक बढेका छन्, सुक्रबार सनिबार आन्तरिक पर्यटकको चाप पनि बढेको छ ।’ समितिको अनुसार नगरकोट परिसरमा जाडो सकिएसँगै फागुनदेखि जेठसम्मको समयमा पर्यटकको चाप अन्य समयको भन्दा बढी हुने गर्दछ । सूर्योदय, हिमशृंखला तथा हाइकिङका लागि प्रचलित नगरकोट क्षेत्रमा यस समय नगरकोट–चाँगुनारायण, नगरकोट–धुलिखेल, नगरकोट–चिसापानीसम्मको हाइकिङमा जान पर्यटक आकर्षित रहेको समितिले बताएको छ । भूकम्पपछि बिग्रिएको सडक बनाउन सरकारले ढिला गरेपनि पर्यटकको लागि नगरकोट एउटा गन्तव्यको रुपमा स्थापित भएको छ ।

नगरकोट पर्यटक

विशेष