अर्थ कर्पोरेट

भारतद्वारा सिन्धुली प्राविधिक शिक्षालयलार्इ अार्थिक सहयोग

भारतद्वारा सिन्धुली प्राविधिक शिक्षालयलार्इ अार्थिक सहयोग
फागुन – ६ । भारत सरकारले सिन्धुली सामुदायिक प्राविधिक शिक्षालयको भवन निर्माणका लागि रु ४ करोड ४० लाख वित्तिय सहयोग गर्ने भएको छ । भारतले कलेजको तीनवटा भवन निर्माणका साथै कम्प्युटर, प्रयोगशाला, पुस्तकालय निर्माणका लागि उक्त रकम दिन लागेका हो ।
बिहीबार सिन्धुलीको सिन्धुलीमाढीमा आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदूतावासका द्वितीय सचिव ज्ञानवीर सिंह, स्थानिय विकास अधिकारी शिव हुमागाईं र कलेजका प्रधानध्यापक अम्बर दीप देवकोटाले भारतीय राजदूत रञ्जित रेको उपस्थितीमा एमओयूमा हस्ताक्षर गरे । सिटिभिटीबाट सम्बन्ध लिएर २०१४ मा स्थापना भएको सिन्धुली प्राविधिक शिक्षालयले इन्जिनियरिङ संकायकाे डिप्लोमा तलका कक्षा संचालन गर्दै आएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत रेले भारत सरकारले नेपालको विकासका लागि सबै क्षेत्रमा सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग जारी राख्ने बताए । राजदूत रेले सामाजिक विकासमा भने सक्दो सहयोग गर्ने जनाए । नेपालका विद्यालय, स्वास्थ्यचौकीको भवन निर्माणदेखि एम्बुलेन्स सहयोगका साथै अन्य विविध क्षेत्रमा आफूहरु सहयोग गर्न तयार रहेको उनको भनाइ छ । राजदूत रेले उक्त भवन निमार्ण कार्य १५ महिनामा सकिने बताए । सिन्धुलीमा शिक्षाको पूर्वाधार निमार्णपछि यहाँका विद्यार्थी बाहिर जानु नपर्ने उल्लेख गरे ।  

रञ्जित रे

विशेष