ओटोमोबाइल

बाजुरा–काठमाडौँ डिलक्स बस सञ्चालन

बाजुरा–काठमाडौँ डिलक्स बस सञ्चालन
फागुन–५ । बाजुराको सदरमुकाम मार्तडीदेखि काठमाडौँका लागि सिधै बस छुट्ने भएको छ । सुदूरपश्चिम यातायात बस व्यवसायी सङ्घले बिहीबारदेखि बस सेवा सञ्चालन गरेको सुदूपश्चिम यातायात बस व्यवसायी समितिका वरिष्ठ उपाध्यक्ष पदम सापकोटाले बताएका छन् । उनले बाजुराका जनतालाई काठमाडौँ जान धनगढी र अन्य यातायातमा यात्रा असहज हुँदै आएकाले सुदूरपश्चिम यातायात बस व्यवसायीले बस सञ्चालन गरेको बताए । बिहान ६ बजेदेखि सदरमुकाम मार्तडीदेखि बस सेवा सञ्चालन हुने भएको छ । बाजुराबाट काठमाडौँ जान धनगढी हुँदै काठमाडौँको टिकट काटेर जानुपर्ने बाध्यता भने हटेको छ । मार्तडीबाट काठमाडौँको यात्रा गर्ने बस सञ्चालनमा आएपछि जिल्लावासीलाई सहज भएको यात्रु कोल्टी गाविस–८ की झोपु बुढाले बताए । सुदूरपश्चिम यातायात जिल्ला प्रतिनिधि सुरत शाहले मार्तडीदेखि काठमाडौँको रु दुई हजार ८०० भाडा कायम गरिएको बताए । बिहीबार बिहान ७ः३० बजे उद्योग वाणिज्य सङ्घ बाजुराका अध्यक्ष देवबहादुर रोकायाले रिबन काटेर बस सेवा सञ्चालन गरेका थिए । बिहीबार चारजना यात्रु काठमाडौँ अाएका छन् ।

बाजुरा–काठमाडौँ डिलक्स बस सञ्चालन

विशेष