यौन-शिक्षा

६ वर्षमा यौनकर्मी महिलाको संख्या दोब्बर

६ वर्षमा यौनकर्मी महिलाको संख्या दोब्बर

फागुन ६ । नेपालमा यौनकर्मी महिलाको संख्या ६ बर्षमा दोब्बरले बढेको पाइएको छ । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले विभिन्न दातृ निकायको सहयोगमा हालै गरेको एक अध्ययनले नेपालमा यौनकर्मीको संख्या सन् २०१० को भन्दा दोब्बर भएको पाइएको हो ।

सन् २०१० मा यौनकर्मीको संख्या २७ हजार एक सय ९७ जना रहेकोमा सन् २०१७ मा ५४ हजार एक सय ९७ जना रहेको पाइएको अध्ययनमा उल्लेख गरिएको छ। केन्द्रको अगुवाइमा सेभ द चिन्ड्रेन र ग्लोबल फन्डले संयुक्त रुपमा गरेको अध्ययनले काठमाडौंमा मात्रै ११ हजार ६ सय ७० जना महिला यौनकर्मी रहेको देखाएको छ ।

२०७३ भदौदेखि मंसिरसम्म गरिएको अध्ययनले १ लाख ११ हजार ८ सय ५२ जना पुरुष यौनकर्मी र २४ हजार १ सय ८५ जना तेस्रोलिङ्गी यौनकर्मी रहेको देखाएको छ । ६ बर्षको अवधिमा यौनकर्मी महिलाको संख्या दोब्बर बढ्नु आश्चर्यको विषय भएको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका निर्देशक डा. तरुण पौडेलले बताए ।

Sex Worker in Nepal

विशेष