अपराध सुरक्षा

फेरि सामूहिक बलात्कार

फेरि सामूहिक बलात्कार

फागुन ६ । प्रहरी हौं भन्दै मोरङ बेलबारीमा दुई व्यक्तिले एक किशोरीलाई सामूहिक बलात्कार गरेका छन् ।

प्रमीसंगै रहेकी बेलबारीकै १६ वर्षीया किशोरीलाई उनीहरुले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । गत माघ २८ गते राति उक्त घटना भएको हो । किशोरीलाई बेलबारी ३ का ५२ वर्षीय शम्भुकुमार थापा र ४६ वर्षीय प्रेमबहादुर गुरुङले बलात्कार गरेका हुने २८ गते राति कोसी हरैचा नगरपालिकाको खार्साने चोकमा पैदल हिडिँरहेका किशोरी र उनका प्रेमीलाई थापाले आफू प्रहरी भएको भन्दै हप्काएका थिए ।

यत्रो राति तिमीहरु कहाँ हिँडेको ? घर जानुपर्देन ? भन्दै थापाले तिमीहरु घर जान्छौं कि थानामा लगेर थुनिदिऊ भनी उनीहरुलाई डर देखाएका थिए ।

त्यसपछि थापाले फोन गरेर प्रेमबहादुरलाई बोलाएका थिए । गाली गर्दे किशोरीको प्रेमीलाई घर पठाएका उनीहरुले कशोरीलाई पनि घर पु¥याइदिने भन्दै मोटरसाइकल चढाएर कोसी–हरैचा ५ मा रहेको थापाको काठको मिलमा लगेका थिए ।

रातभर बलात्कार गरेर थापा र गुरुङले बिहानै ४ बजे खुर्साने चोकमा ल्याएर छाडिदिएका थिए । त्यसपछि किशोरीले तत्कालै प्रमीलाई फोन गरी बोलाएकि थिइन । उनीहरु लगत्तै इलाका प्रहरी कार्यालय बेलबारीमा जाहेरी दर्ता गराएका थिए ।

घटनामा संलग्न थापा र गुरुङलाई फागुन २ गते छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामजी कटवालले बाए ।

Rape In Sunsari

विशेष