अर्थ

फेरि बढ्यो सुनको भाउ

फेरि बढ्यो सुनको भाउ
फागुन ६ । आज सुन प्रतितोला २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा ५५ हजार ६ सय रुपैयाँ कारोबार भएको सुनको भाउ आज ५५ हजार ८ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै चाँदी प्रतितोला ८ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन पनि सोही मूल्यमा चाँदीको कारोबार भएको थियो ।

gold price

विशेष